दफा २४
न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको अधिकार तथा कार्यविधि
(१) यस ऐन बमोजिम परेको मुद्दाको कारवाही तथा किनारा गर्दा न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणले यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियम अन्र्तगत रही आफ्नो कार्यविधि आफैंले निर्धारण गर्न सक्नेछ । (२) यस ऐन बमोजिम परेको मुद्दाको कारबाही तथा किनारा गर्दा न्यायाधिकरण वा पुनरावेदन न्यायाधिकरणलाई म्याद जारी गर्ने, वादी, प्रतिवादी, साक्षी झिकाउने, शपथ गराउने, बयान लिने, सबुत प्रमाण तथा आवश्यक कागजात वा विवरण बुझ्ने, कागजपत्र दाखिल गराउने, धरौटी जम्मा गर्न लगाउने र सजाय गर्ने समेत प्रचलित कानूनबमोजिम अदालतलाई भए सरहको अधिकार हुनेछ ।